एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । आज (शनिबार) आलोकनगरस्थित केन्द्रीय कार्यालयमा उक्त बस्ने बैठक बस्ने भएको हो ।

माधवकुमार नेपालको अध्यक्षतामा बस्ने बैठकमा पार्टी सरकारमा सहभागिताबारे निर्णय गर्ने बताइएको छ ।

निर्वाचनको समीक्षा, विकास राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका र सरकारलाई समर्थन गर्नेबारे बैठकले निर्णय लिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्