मौसम पूर्वानुमान : आज तराईमा बाक्लो हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना



काठमाडौं । आज पनि मौसममा आंशिक बदली भएको छ । तराईका केही भू-भागमा हुस्सुरकुहिरो लागेको छ ।

दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति पनि प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू(भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तराईका केही ठाउँमा बाक्लो हुस्सु लागेकोले सवाई र सडक यातायात प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्