पोखरामा पहिलो पटक प्रदेशस्तरीय फुटसल हुँदै

0
Shares

पोखरा ।

हिसान गण्डकीको आयोजनामा फागुनमा पहिलो फुटसल प्रतियोगिता हुने भएको छ । फागुनमा प्रदेशभरका जिल्लाका खेलाडीबीच  फुटसल प्रतियोगिता गर्न लागिएकाे हो ।

त्यसका लागि कास्कीको छनोट माघको ६ देखि ८ गतेसम्म हुनेछ । हिसान गण्डकीको सदस्य विद्यालयबीच  हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउने अध्यक्ष यामबहादुर रोकाले जानकारी दिए । उनका अनुसार कास्कीबाट मात्रै ८ र अन्य जिल्लाका ८ गरी १६ टीमबीच प्रतिष्प्रर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख पाउने छन भने उपविजेताले ५० हजार पाउने छन् । कास्कीबाहेक गण्डकीका अन्य जिल्लाको छनौट पनि पुस महिनामा सक्ने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए ।