पूर्वमुख्यमन्त्री रोड शोमा भागदौड मच्चिदा ८ जनाको मृत्यु

0
Shares

एजेन्सी । 

भारतकाे आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा राज्यका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक अभियानका क्रममा भागदौड मच्चिँदा आठ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एक जना महिला पनि छन् ।

हाल राज्य विधानसभामा विपक्षी नेता नायडु कन्दुकुर शहरको एक सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । बुधबार साँझमा नायडुको गाडि उक्त क्षेत्रबाट गुडिरहेका  बेला भीड सुरु भएको थियो । जम्मा भएको ठूलो भीड नेतालाई भेट्न अगाडि बढ्ने क्रममा भागदौड मच्चिएको थियो ।

स्थानीय अधिकारीहरूले धेरै जना खुला नालीमा खसेको र आठ जनाको मृत्यु भएको बताएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटना लगत्तै बैठक रद्द  भएको थियो । नायडुले आफ्ना प्रियजन गुमाएका परिवारलाई १० लाख भारु  क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनले पार्टीका नेताहरुलाई घाइतेहरुको राम्रो उपचारको व्यवस्था गर्न समेत आग्रह गरेका छन् ।