जिउँदो पेलेलाई ‘श्रद्धाञ्जली’

0
Shares

काठमाडाै‌ं । 

विश्व फुटबलमा कालो हिराबाट परिचित ब्राजिलका महान् फुटबलर पेले अस्पतालमा उपचार गरिरहँदा सामाजिक सञ्जालमा भने बुधबार साँझबाट धेरै प्रयोगकर्ताले ‘श्रद्धाञ्जली’ दिएका छन् ।

बुधवार साँझ अचानक पेलेको निधनको झुटो समाचार केहि अनलाइन मिडियामा पोष्ट भएपछि श्रद्धाञ्जली दिनेहरुको संख्याले यस्तो असत्य कुरा भाइरल बनेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ‘पेलेको निधन’ भएको भनिएका भाइरल सामग्रीमा कुनै सत्यता नभएको बताइसकेको छ।

वास्तवमा पेलेको स्वास्थ्य अवस्था अचानक गम्भीर बनेपछि यस्तो असत्य कुरा बाहिरिएको बताइएको छ । विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी पेले अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । पेले अझै अस्पतालमा रहेको र उनको पछिल्लो स्वास्थ्यअवस्था गम्भीर हुँदै गएको लेखेको छ ।

चिकित्सकहरूले गत हप्ताको प्रारम्भमा तीन पटक विश्वकप विजेता पेलेको क्यान्सर बढेको तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित भएका र उच्च रेखदेखमा रहेका बताएको थियो । त्यसपछि उनको स्वास्थ्यस्थितिबारे अस्पतालले केही बताएको छैन । पेले अस्पतालमा उपचार गरिहँरदा सामाजिक सञ्जालमा भने धेरै प्रयोगकर्ताले ‘श्रद्धाञ्जली’ दिएका छन् ।