देउवाले सरकारी निवास बालुवाटार छोडे लगत्तै धुम्बाराही डेरामा



काठमाडौं । नेपाली कांग्रेस सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारबाट भर्खरै बिदा हुनुभएको छ । बिहान ११ः२० बजेको साइतमा उहाँ बालुवाटार छाडी धुम्बाराहीस्थित डेरातिर जानुभएको हो ।

बूढानीलकण्ठको घर रेट्रोफिटिङ्ग गर्न थालिएकोले उहाँले संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव डा.कूलचन्द्र गौतमको ठूलो कम्पाउण्डवाला घर ६ महिने भाडामा लिनुभएको छ ।

हिजो बालुवाटारबाट नेपाल प्रहरीको ट्रकमा ४ पटक सामान ओसारिएको र आज पनि रहलपहल सामान लगिएको निजी सचिव भानु देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस्