प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली खुमलटारमा



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् । आज (बुधबार) प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली पहिलो पटक खुमलटार पुगेका हुन् ।

प्रचण्डले बिहान नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए ।

प्रचण्ड र ओली एकठाउँमा उभिएपछि फेरि वाम एकताको चर्चा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्