आरआर क्याम्पसमा विद्यार्थीहरुबीच झडप, तीन जना घाइते



काठमाडौं ।

आरआर क्याम्पसमा विद्यार्थीहरुबीच झडप हुँदा तीन जना घाइते भएका छन् । घाइतेहरूको अहिले काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।

स्ववियु निर्वाचनका विषयमा छलफल गर्दा विवाद हुँदा खुकुरी प्रहार भएको भन्ने हल्ला बाहिर आएपनि अहिलेसम्म त्यसको पुष्टि नभएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

 एसपी मैनालीका अनुसार  खुकुरी प्रहार भएको भन्ने अहिलेसम्म पुष्टि भएको छैन ।  केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संगठनको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा छलफलको क्रममा उनीहरुबीच विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्