चोरी मोटरसाइकलसहित २ जना पक्राउ



काठमाडौं ।

काठमाडौं बौद्धबाट चोरीको मोटरसाइकलसहित दुई जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको झुरझुरे गाँउपालिका ४ घर भइ हाल काठमाडौंको जोरपाटी बस्दै आएका २३ वर्षीय करण बोम्जन र मकवानपुरको बागमती गाँउपालिका ४ घर भइ हाल काठमाडौं गोठाटार बस्दै आएका २६ वर्षीय नविन लोप्चन रहेका छन् ।

वास्तविक नम्बर प्लेट प्रदेश ३९०२९००९ प ४९ ०९ लाई परिवर्तन गरी बागमती प्रदेश ०२९०२१ प ८३ ८८ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित दुवैजनालाई आज ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौको जोरपाटीबाट हराएको उक्त ल्क्२०० सिसिको पल्सर मोटरसाइकल कमल श्रेष्ठको नाममा दर्ता रहेको अनुसन्धानबाट खुल्न आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्