प्रधानमन्त्री प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच छलफल



काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच छलफल सुरु भएको छ ।

आज (बुधबार) ललितपुरमा प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी र जसपालाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्नेबारे अध्यक्षद्वय नेपाल र यादवसँग छलफल गरिरहेका छन् ।

कांग्रेससहितको गठबन्धन तोडेर प्रचण्डले एमालेसहितका अन्य दलसँग सत्ता गठबन्धन गरेपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले विभिन्न सञ्चारमाध्यममा सार्वजनिक रूपमै माओवादी केन्द्रले धोका दिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रचण्डले असन्तुष्ट नेपाल र यादवलाई फकाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको माओवादी केन्द्रका नेताहरू बताउँछन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन तोडेर नेकपा एमालेसहितका दलको समर्थनमा यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका छन् । सोही दिन प्रचण्डले आफ्नो नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्