जसपा संसदीय दलको निर्वाचन आज



काठमाडौं ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संसदीय दलको निर्वाचन आज हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान ११ बजेदेख‍ि १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।

जसपाले यसअघि नै नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठबन गरिसकेको छ । संसदीय दल निर्वाचन समिति सदस्यमा अर्जुन थापा र दीपेन्द्र झा छन् ।

जसपा संसदीय दलको नेतामा नेता अशोक राईसँगै केही कार्यकारिणी सदस्यले दाबी गर्दै आएका छन् । सरकारलाई समर्थन गरे पनि जसपा हाल सरकारमा सहभागी भएको छैन।

प्रतिक्रिया दिनुहोस्