काठमाडौं ।
संघीय संसद् सचिवालयले मनाङबाट निर्वाचित सांसद टेकप्रसाद गुरुङलाई निलम्बन गरेको छ । सचिवालयले मंगलबार सूचना जारी गर्दै गुरुङको सांसद पद निलम्बनमा परेको जनाएको हो ।
गुरुङलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पत्र आएको र सोही आधारमा यस्तो निर्णय लिइएको संसद् सचिवालयले जनाएको छ ।
गुरुङविरुद्ध अख्तियारले २०७५ माघ २१ गते भ्रष्टाचार मुद्दा दायर गरेकोमा अहिले त्यो विशेष अदालतमा विचाराधीन छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ मा भएको व्यवस्थाबमोजिम भ्रष्टाचार कसुरको आरोप लागेको व्यक्ति सार्वजनिक पद धारण गर्न नमिल्ने भन्दै गुरुङलाई निलम्बन गरिएको हो ।











प्रतिक्रिया