‘सरकारको मुख्य एजेन्डा आर्थिक विकास’



काठमाडौं  ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मुख्य एजेन्डा नै आर्थिक विकास रहेको बताउनुभएको छ । उहाँले सो कुरा खुमलटारस्थित दाहाल निवासमा उद्योग वाणिज्य संघ चितवनका पदाधिकारीले गरेको भेटघाटका क्रममा बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्दै समग्रमा मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने योजना सरकारको रहेको जानकारी गराउनुभयो । सो क्रमममा व्यवसायीले देशको आर्थिक मन्दीलाई सुधार गर्नुपर्नेतर्फ प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्