बागलुङमा भुकम्पको झड्का

0
Shares

काठमाडौं ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति बागलुङ जिल्लामा भूकम्पका तीन ठूला झट्का महसुस गरिएको छ । केन्द्रका अनुसार बागलुङ जिल्लामा ४.७, ५.३ तथा ४ रेक्टर स्केलका तीन भूकम्पको झट्का महसुस गरिएको हो ।

बागलुङ जिल्लाको अधिकारी चौरको वरपर गए राति १ः२३ बजे ४.७ तीव्रताको भूकम्प आएको थियो । केन्द्रले ट्विट गर्दै लेखेको छ– ‘२०७९/०९र१३ का दिन १ः२३ बजे बागलुङ जिल्लाको अधिकारी चौर वरपर ४.७ एमएलको भूकम्प आयो ।’

त्यसपछि केन्द्रले दोस्रो ट्विट गर्दै रेक्टरको मापनमा ५.३ तीव्रताको दोस्रो भूकम्प बागलुङ जिल्लाकै खुंगामा गए राति २ः०७ बजे आएको उल्लेख गरिएको छ । केन्द्रले बुधवार बिहान करिब चार बजे तेस्रो ट्विट गर्दै बागलुङको अधिकारीचौरमै ४ रेक्टर स्केलको भूकम्प आएको जनाएको छ ।

भूकम्पले पुर्‍याएको क्षतिका बारेमा कुनै पनि जानकारी प्राप्त भएको छैन ।