दाहालका सहयात्री विष्णु, नारायण र रवि

उपप्रधानसहित गृहमा लामिछाने

0
Shares

काठमाडौं ।

 नेपालको ४४औं प्रधानमन्त्रीका रूपमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका सत्ताहसयात्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शपथ लिनुभएको हो ।

उहाँहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिनुभयो । प्रधानमन्त्री दाहाललाई शनिबार नै भण्डारीले नेपालको संविधान २०७२ को धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।आइतबार दाहालसँगै ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीहरूले समेत पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रचण्डको मन्त्रीमण्डलमा उहाँका खास सहयात्री उपप्रधानमन्त्रीहरू नाराणकाजी श्रेष्ठ, विष्णु पौडेल र रवि लामिछाने नै हुने देखिएको छ ।

त्यसै गरी आइतबार शपथ लिने मन्त्रीहरूमा ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारी र अब्दुल खान रहेका छन् । प्रधानमन्त्रीसहितमाओवादीबाट २ जना, एमालेबाट ४ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ जना तथा जनमत पार्टीबाट १ जना मन्त्रीले शपथ लिएका हुन् ।
८ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद उपप्रधान एवं गृह मन्त्रालय रवि लामिछानेले सम्हाल्नु हुनेछ ।

मन्त्रीहरूमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहे पनि मन्त्रालय भने तोकिएको छैन । राष्ट्रपति भवन शीतलनिवासमा भएको शपथ ग्रहणमा प्रधानमन्त्री दाहालपछि त्रयः उपप्रधानमन्त्री र त्यसपछि मन्त्रीहरूले शपथग्रहण गर्नुभएको हो । २०६४ को पहिलो संविधान सभा निर्वाचनपछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएका प्रचण्ड कम्युनिस्ट पार्टीहरूकै इतिहासमा नेपालमा तेस्रोपटक प्रधानमन्त्री हुनुभएको छ ।उहाँ पहिलोपटक प्रधानमन्त्री हुँदा प्रधानसेनापति रुक्माङ्गत कटुवाल काण्डमा मुछिएपछि नौ महिनामै राजीनामा दिन बाध्य हुनुभएको थियो ।

त्यस्तै, २०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा भएपछि प्रचण्ड दोस्रो कार्यकाल प्रधानमन्त्री हुनुभएको थियो भने २०७३ साल साउन १९ गतेदेखि २०७४ साल जेठ २३ गते झण्डै १० महिनामा उहाँले प्रधानमन्त्री छाड्नुभएको थियो । पहिलो संविधान सभा चुनावमा रोल्पा–२ र काठमाडौं–१० बाट प्रत्यक्ष निर्वाचित भएका उहाँ दोस्रो संविधान सभा चुनावमा काठमाडौं–१० बाट पराजित भए पनि सिरहा–५ बाट निर्वाचित हुनुभएको थियो । २०७४ सालको चुनावमा चितवन–३ बाट र यस निर्वाचनमा गोरखा–२ बाट निर्वाचित हुनुभएको थियो । प्रचण्ड सरकारलाई एमालेले राष्ट्रपति र सभामुख लिएर सहयोग गर्ने सम्झौता गरेको थियो । उहाँले योपटक दौरा सुरुवालसहितको नेपाली पोसाकमा शपथ लिनुभयो ।

देउवामा देखियो राजनीतिक संस्कारयुक्त उदारभाव

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री र उहाँको मन्त्रीमण्डलको शपथप्रहण समारोहमा गएर उदारभाव प्रस्तुत गर्नुभएको छ । देउवाकै हातमा राज्यका सबै संयन्त्र आउनै लागेको अवस्थामा गठबनधनका मुख्य घटक नेपाली कांग्रेसलाई धोका दिएर एकाएक एमालेसँग मिलेर प्रधानमन्त्री बनेका दाहालको शपथमा देउवाले राजनीतिक संस्कार देखाउनुभयो ।

यसअघिका प्रधानमन्त्रीले शपथ लिँदा पूर्वप्रधानमन्त्रीहरू प्रायः जान हिच्किचाएको इतिहास छ । २०७८ असार २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिँदा उक्त शपथ ग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत भइसकेका केपी ओली जानुभएको थिएन ।ओलीलाई देउवाले विस्थापित गर्नुभएको थियो । सर्वोच्च अदालतले २०७८ असार २८ गते देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । आकस्मिक रूपमा सत्ता छोड्न परेकोमा आक्रोशित बनेका ओली शीतलनिवास नजानुभएको हो ।

सामान्यतः, आउँदै गरेका प्रधानमन्त्रीलाई जाँदै गरेका प्रधानमन्त्रीले आफ्नो कुर्सी छोड्ने गरिन्छ । २०६६ जेठमा सालमा माधव नेपालले सपथ लिँदासमेत तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुभएको थिएन । २०६६ वैशाखमा प्रधानसेनापति प्रकरणमा राजीनामा दिएका प्रचण्ड शीतलनिवास जानुभएको थिएन । उहाँले लामो समयसम्म नेपाल नेतृत्व सरकारलाई स्वीकारसमेत गर्नुभएको थिएन । त्यस ेला प्रचण्ड नेतृत्वको पार्टी नेकपा माओवादीले नेपालको राजीनामा मागेर आन्दोलनसमेत गरेको थियो ।

यसअघिका कम्युनिस्ट प्रधानमन्त्रीहरूले अघिल्ला नयाँ प्रधानमन्त्रीको शपथमा गएर राजनीतिक संस्कार नदेखाएको आलोचना हँुदै आएको थियो । तर, दर्जनौं राजकीय पदहरू खोसेर १० वर्ष कायम राख्ने भनेको गठबन्धन तोडेर एमालेसँग मिल्न पुगेका प्रधानमन्त्री दाहालको शपथमा देउवाले राजनीतिक संस्कारयुक्त उदाभाव देखाएर बधाई दिन पुग्नुभएको हो ।