रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्रालय पाउने

0
Shares

काठमाडौं, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी पाउने भएका छन् । सत्तारुढ गठबन्धनमा भएको छलफलमा लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउने सहमति भएको हो ।

उक्त सहमति पश्चात लामिछाने शपथ ग्रहणको तयारीमा जुटेका छन् ।  २० सिटसहित संसदको चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दै सरकारमा सहभागी हुन लागेको हो ।