मधेश प्रदेशको मुख्यमन्त्री सिके राउतको दाबी



काठमाडौं । 

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेश प्रदेशमा मुख्यमन्त्री पदको दाबी गरेका छन् । सोमबार संघीय संसद् भवनमा बसेको गठबन्धन दलहरूको बैठकमा अध्यक्ष मधेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताए ।

उनले केन्द्र सरकारमा भने धेरै मन्त्रालयमा दाबी गर्न सक्ने अवस्थामा आफ्नो पार्टी नरहेको बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई राउतले समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्