नेपाली सेनाका प्रमुख सेनानी मृत फेला

0
Shares

सुर्खेत । 

जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी अञ्जन रुपाखेती मृत फेला परेका छन् । उनी बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत रुपाखेती बाथरुममा झुन्डिएको अवस्थामा मृत भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ  ।  घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।