३५ तोला सुन र नगदसहित डिएसपी ठगबहादुर केसी नियन्त्रणमा



काठमाडौं ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई सीआईबीको टोली नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिइएको हो । कास्कीमा सरुवा भएका केसीलाई सरुवा भइ जाने तयारीमा रहेका बेला निवासबाटै नियन्त्रणमा लिइएको हो ।

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको आरोप केसीमाथि लगाइएको छ । प्रहरीले  केसीलाई नियन्त्रणमा लिई खानतलासी गर्दा निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्