दौरा सुरुवालमा शपथ ग्रहण गर्ने प्रचण्डकाे तयारी



gjlgo’Qm k|wfgdGqL k|r08 sf7df8f}F, !) k’; . gjlgo’Qm k|wfgdGqL k’iksdn bfxfn …k|r08Úsf] kmfOn tl:a/ . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने छन् । त्यसको तयारीका लागि आइतबारै नापो लिएर दौरा सुरुवाल सिलाउन पठाएको पारिवारीक स्रोतले बताएको छ ।

स्रोतका अनुसार सोह्रखुट्टेस्थित एक टेलरिङ सेन्टरमा उनको दौरा सुरुवाल सिलाउन दिइएको छ ।उनले यसअघि कुनै पनि सार्वजनिक कार्यक्रममा दौरा सुरुवाल लगाएर सहभागिता जनाएको देखिएको थिएन् । उनले प्रायः सुट लगाउने गरेका छन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रचण्डले दौरा सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्