माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

0
Shares

काठमाडौं ।

सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

पदाधिकारी बैठकमा सरकारमा जाने मन्त्रीहरूको विषयमा छलफल हुने बताइएको छ। माओवादी केन्द्रको बैठकलगत्तै ११ बजे सत्ता गठबन्धन ९प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका दलहरु०को बैठक बोलाइएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।

आइतबार प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज अपराह्न ४ बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् ।