नवनियुक्त प्रधानमन्त्री दाहाललाई मोदीको बधाई



काठमाडौँ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । आइतबार राति ट्वीटरमार्फतत् मोदीले आजै प्रधानमन्त्रीमा नियुक्त भएका दाहाललाई बधाई दिएका हुन् ।

‘नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई छ । भारत र नेपालबीचको विशेष सम्बन्ध, गहिरो सांस्कृतिक सम्बन्ध र जनता–जनता बीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु,’मोदीले ट्वीटरमा लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्