पीडादायी गठबन्धनबाट मुक्ति मिल्यो : ईश्वर पोखरेल

0
Shares

काठमाडौँ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पीडादायी गठबन्धनबाट मुक्ति मिलेको बताएका छन् । आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले एमालेविरुद्ध बनेको गठबन्धन जनताबाट अस्वीकृत भएको पनि दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘निषेधको राजनीतिक उद्देश्यद्वारा गठित एमाले विरोधी गठबन्धनको असहजता र पीडाबाट अहिलेलाई मुक्ति मिलेको छ । वास्तवमा यो जनताबाट अस्वीकृत भएको छ ।’