गण्डकीमा नेकपा एमालेबाट संसदीय दलको नेतामा अधिकारी चयन



पोखरा।

गण्डकीमा नेकपा एमालेबाट संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन् । आइतबार भएको सांसदको भेलाले अधिकारीलाई सर्बसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

योसँगै उनी गण्डकीको मुख्यमन्त्रीको दावेदारसमेत बनेका छन् । यसअघि कांग्रेस गठबन्धनमा रहेको माओवादी एमालेतिर मिलेसँगै गण्डकीमा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको हो ।

यहाँ एमालेको २२ र माओवादीको ८ सीट छ । २ सीट रहेको राप्रपा पनि सरकारमा जाने भएपछि ३२ सीट सहित तीन पार्टीको सरकार गण्डकीमा बन्ने भएको छ । यद्यपी माओवादीले पनि गण्डकीको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्