शीतल निवास गएको छैन, पार्टीप्रति प्रतिबद्ध छु : सांसद श्रेष्ठ



काठमाडौं।  

नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले आफू शीतल निवास नगएको बताएका छन् । आइतबार आफूलाई नयाँ सरकारलाई समर्थन गर्दै राष्ट्रपति कार्यालय गएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै सांसद श्रेष्ठले आफू घरमै रहेको उल्लेख गरे ।

न्युज कारखानासँग कुराकानी गर्दै सांसद श्रेष्ठले आफू पार्टीको निर्णयविरुद्ध कतै नलागेको बताए ।

प्रतिक्रिया दिनुहोस्