माओवादी अध्यक्ष दाहालद्वारा प्रधानमन्त्रीका लागि दाबी पेस



काठमाडाैं ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूलाई प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी पेस गरेका छन् ।

एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीको समर्थनसहित प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेका हुन् ।

३ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न दिएको एक साताको समय आइतबार बेलुका ५ बजे सकिएको छ । तर, समय सकिनुअघि नै प्रचण्ड राष्ट्रति भवन शीतल निवासमा पुगेर १६६ सांसदको समर्थनसहित दाबी पेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्