प्रचण्ड हामीसँग सल्लाह नै नगरी बालकोट हिँडे : माधव नेपाल

0
Shares

काठमाडौं । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूहरूसँग सल्लाह नगरी बालकोट पुगेको बताएका छन् । पार्टीका नेताहरूसँग अध्यक्ष नेपालले आइतबार यस्तो बिफ्रिङ गरेका हुन् ।

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी गठबन्धनमा टुटेपछि अन्याेलमा परेको छ । नयाँ सरकार गठनमा एमाले माओवादी सहकार्य हुने भएपछि नेकपा एस अलपत्र परेको हो । यद्यपि, यथास्थितिमा एमालेसँग कुनै सहकार्य नहुने अध्यक्ष नेपालको बिफ्रिङ छ । उनले अब कांग्रेससँगकाे सहकार्य टुङ्गिएकाे पनि साे क्रममा बताए ।