काठमाडौं । नयाँ सरकार गठनबारे भावी प्रधानमन्त्रीको विषयलाई लिएर सत्तारुढ गठबन्धनका बीचमा रस्साकस्सी चलिरहेको बेला प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टू वान वार्ता सुरु भएको छ ।
कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान लिएपछि अप्ठयारोमा परेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहमतिका लागि थप प्रयास गर्न बालुवाटार पुगेका छन् ।
बिहान पदाधिकारी बैठक डाकेर राय लिएका प्रचण्डलाई पहिलो प्रधानमन्त्री हुनका लागि सल्लाह दिएका छन् । सोही सन्देश लिएर प्रचण्ड प्रधानमन्त्री देउवासँग छलफल गर्नका लागि बालुवाटार पुगेका हुन् ।
प्रतिक्रिया