व्यायाम मन्दिरद्वारा समाचारपत्रकर्मी राजोपाध्याय सम्मानित

0
Shares

काठमाडौं । 

नेपाल व्यायाम मन्दिरले आफ्नो संस्थाको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै पाँच जना खेल पत्रकारसहित विभिन्न विधाका व्यक्तित्वहरूलाई शनिबार सम्मान गरेको छ ।

शारीरिक सुगठनको ज्येष्ठ तथा मातृ संस्था ज्याठास्थित व्यायाम मन्दिरले आफ्नो २२ औं साधारण सभाको अवसरमा आफ्नै हलमा आयोजित कार्यक्रममा सम्मान गरेको हो । विभिन्न सञ्चार माध्यममा खेल पत्रकारितामार्फत मन्दिरद्वारा आयोजना गरिने शारीरिक सुगठनको सवैभन्दा सम्मानित तथा सर्वाधिक पुरस्कार रासीको ‘धर्मश्री’ प्रतियोगिता एवं अन्य कार्यक्रम तथा खेलकुदको विकास र विस्तारमा समाचार सम्प्रेषण मार्फत प्रचार प्रसारमा सहयोग पु¥याए बापत सम्मान गरेको संस्थाले उल्लेख गरेको हो । जसमा, नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका खेल पत्रकार फिरोज राजोपाध्याय सम्मानित भएका हुन् ।

साथै सम्मानित हुने अन्य खेल पत्रकारहरूमा राजधानी दैनिकका राजेन्द्र श्रेष्ठ, अन्नपूर्ण पोष्टका विष्णु थापा, अनलाइनखबरका कुशल तिमल्सिना र नेपाल टेलिभिजनका वासुदेव अवाल रहेका छन् । सम्मानित प्रत्येकले नगद १० हजारसहित सम्मानपत्र प्राप्त गरे । मन्दिरले विगत ४ वर्षदेखि खेलकुद पत्रकारलाई सम्मान गर्दै आइरहेको छ ।यस्तै, व्यायाम मन्दिरले मन्दिरद्वारा आयोजना गरिएको ‘१६ औं धर्मश्री’ प्रतियोगिता तथा अन्य प्रतियोगितामा उत्कृष्टता प्रदर्शन गर्दै पदक हासिल गर्ने खेलाडीलाई पनि सम्मान गरेको छ ।

१६औं धर्मश्रीमा ५५ केजी तौलमा प्रथम र मालदिभ्समा सम्पन्न ५४औं एसियन शारीरिक सुगठन प्रतियोगितामा फिटनेश फिजिक्समा कास्य पदक प्राप्त गर्न सफल खेलाडी राजु राई र ‘१६औं धर्मश्री’ प्रतियोगिता तथा पोखरामा आयोजना गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भएको शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौल समूहमा प्रथम स्थान हासिल गर्ने डेभिड बलामीलाई नगद २० हजारसहित सम्मान पत्रले सम्मान गरेको हो ।

यसैगरी, १६औं धर्मश्री अन्तर्गतको प्रथम मेन्स फिजिक्स विजेता अस्वत स्थापितलाई नगद ८ हजार, ६५ केजीमा दोश्रो स्थान हासिल गर्ने आशिष देवाजु र ८० केजी माथिको तौलमा दोश्रो स्थान हासिल गर्ने ग्रिस महर्जनलाई नगद ७ हजार, ७५ केजी तौलमा तेश्रो स्थान हासिल गर्ने आदित्य ठाकुरलाई नगद ५ हजारसहित सम्मान पत्रले सम्मान गरेको हो ।कास्की स्ट्रेन्थ लिफ्टिङ्ग संघको आयोजनामा भएको फस्र्ट गण्डकी नेसनवाइड स्ट्रेन्थ लिफ्टिङ्ग आइविपी २०२२ मा ८५ केजी माथिको तौल समूहमा स्ट्रेन्थ लिफ्टिङ्ग र इनक्लाइन्ड बेन्च प्रेस गरी दुई विधामा नेपालकै वलिष्ठ स्ट्रेन्थ लिफ्टर बनेर प्रथम स्थान प्राप्त गर्न सफल खेलाडी सन्दीप के.सी.लाई ८ हजार नगद र पाकिस्तानस्थित विश्वकै दोश्रो र नवौं हिमाल आरोहण गरी नेपाल व्यायाम मन्दिरको लोगो अंकित झण्डा र नेपालको झण्डा सहितको ब्यानर फहराएकोमा निङ्गमा तामाङलाई सम्मान पत्रले सम्मान गरेको हो ।

व्यायाम मन्दिरले लामो समयदेखि विभिन्न ओहदामा रहेर संस्थाको विकास र विस्तारमा सहयोग पु¥याउँदै आएका सञ्चालक समितिका सदस्य एवं पूर्व कोषाध्यक्ष तिर्थ महर्जन तथा साधारण सदस्य मचाम महर्जनलाई लाइफटाइम अचिभमेन्ट अवार्डले सम्मान गरेको छ । उनीहरूलाई नगद ५५ हजार ५ सय ५५ र सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।समाजसेवी तथा व्यायाम मन्दिरका मानार्थ सदस्य श्री विद्यासागर तुलाधरको तर्फबाट संस्थाको विकास र विस्तारमा सहयोग पु¥याउने साधारण सदस्य द्वय विजय श्रेष्ठ र कृष्ण सिंह शाहीलाई नगद २० हजार सहित सम्मानपत्रले सम्मान गरेको छ ।

व्यायाम मन्दिरको विकासमा लामो समयदेखि योगदान पु¥याउँदै आएका व्यक्तित्वहरूको सन्ततिहरूलाई सम्मान गर्ने क्रममा आजीवन सदस्य वर्षबहादुर श्रेष्ठका छोरा साधारण सदस्य राजन कुमार श्रेष्ठ, उपाध्यक्ष दिनेश राजभण्डारीकी छोरी परिशा राजभण्डारी, सञ्चालक समितिका सदस्य तीर्थ महर्जनका छोरा सुविन महर्जन र पूर्व अध्यक्ष उदयबहादुर श्रेष्ठकी छोरी लुना श्रेष्ठलाई नगद १० हजारसहित सन्तति अवार्ड सम्मानपत्रले सम्मान गरेको हो । उनीहरुले राज्य तथा खेलकुद क्षेत्रको विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएका छन् ।

यसैगरी, सम्मानित हुने अन्यमा १६औं धर्मश्रीका टोली व्यवस्थापक सुन्दर पोडे, सञ्जीव श्रेष्ठ र अर्जुन वर्णवाल, सहयोगीहरू अशोक शाही, रविन्द्र श्रेष्ठ, केदार स्थापित, प्रदीप बाँनिया तथा विजय वज्राचार्य रहेका छन् । सम्मानित व्यक्तित्वहरूलाई बागमती प्रदेशकी हालै निर्वाचित सांसद एवं पूर्व काठमाडौं महानगरपालिकाकी पूर्व उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, व्यायाम मन्दिर संचालक समितिका संयोजक प्रथम मि. नेपाल शिवलाल श्रेष्ठ, अध्यक्ष नारायण प्रधान लगायतले नगद, सम्मानपत्र, दोसल्ला र खादा ओढाएर सम्मान गर्नुभयो ।

संघका अध्यक्ष नारायण प्रधानको सभापतित्वमा आयोजित साधारण सभाका दौरान महासचिव सूर्यप्रसाद जोशीद्वारा प्रस्तुल वार्षिक कार्यप्रगति विवरण र कोषाध्यक्ष प्रशान्त सिंहद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८-७९ को आयव्यय विवरणमा छलफल तथा प्रश्नोत्तर गरी पारित गरियो ।