सरकार गठनबारे बालुवाटारमा देउवा-प्रचण्डबीच भेटवार्ता हुँदै

फाइल तस्बिर
0
Shares

काठमाडौं । नयाँ सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने भएको छ । आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता हुने भएको हो ।

नयाँ सरकार गठनबारे उनीहरुको भेटवार्ता हुने भएको छ । हिजो (शुक्रबार) अपरान्हसम्म बसेको बैठक निष्कर्षविहीन टुंगिएपछि आज पुनः बस्न लागेको हो ।

सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुरा नमिलेपछि हिजोको बैठक निष्कर्षविहीन टुंगिएको थियो । यहीँ विषयमा आज पनि छलफल हुने भएको छ ।

स्रोतका अनुसार सरकारको नेतृत्व दुवैले दाबी गरेपछि बैठक निष्कर्षविहीन भएको थियो । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय भोलि (आइतबार) साँझ सकिँदै छ ।