लामाविरुद्ध आरोपपत्र दायर

0
Shares

काठमाडौं । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष सलाम सिं लामाविरुद्ध राजस्व चुहावट आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

लामाले कर्मचारी र व्यवसायीहरूसँग मिलोमतो गरेर नदीजन्य पदार्थ उत्खनन्सम्बन्धी ठेक्कामा कबोल अंक र सम्झौता अंक फरक पारी राजस्व चुहावट गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा उनीहरू दोषी देखिएको अख्तियारको दाबी छ ।

उक्त भ्रष्टाचारजन्य कसुरमा संंलग्न व्यक्तिहरूमा अध्यक्ष लामा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने, ए एन्ड डीबी कन्स्ट्रक्सन प्रालिका सञ्चालक अनिश बल र आधिकारिक प्रतिनिधि बिजकुमार दोङ, दुवाकोट कन्स्ट्रक्सन प्रालि, भक्तपुरका सञ्चालक राम चन्द्रप्रसाद प्रधानाङ्ग, सालीनदी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिका सञ्चालक वेदनारायण दंगाल, शाली नदी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि र दुवाकोट कन्स्ट्रक्सन प्रालिका आधिकारिक प्रतिनिधि सत्यमान लामाउपर कानुनबामोजिम सजायको मागदाबी गर्दै अख्तियार आज आरोपपत्र दायर गरेको हो ।