दलका शीर्ष नेताहरूबीच निरन्तर भेटवार्ता



काठमाडौं । दलका शीर्ष नेताहरूबीच एकआपसमा भेटवार्ता भएको छ । हिजो ९शनिबार० उनीहरूबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीको १० सिटसहित आफूसँग ६० भन्दा बढी सिट रहेको दाबी गरेका छन् । सोहीबारे आफू स्पष्ट हुन माधवकुमार नेपालसँग प्रधानमन्त्री देउवाले भेटवार्ता गरेको बालुवाटार स्रोतको भनाइ छ । तथापि नयाँ सरकारबारे थप छलफल नभएको स्रोत बताउँछ ।

त्यस्तै अस्ति ९शुक्रबार० राति नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का अध्यक्ष रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरुबीच ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।

अब बन्ने नयाँ सरकार र सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको बालकोट स्रोतले बतायो । यद्यपि अगामी रणनीतिबारे कुनै छलफल नभएको स्रोतको दाबी छ ।

तथापि दलका शीर्ष नेताहरूबीच निरन्तर भेटवार्ता भए पनि सरकार गठनबारे हालसम्म कुनै औपचारिक निर्णय नभएको बताइएको छ । निर्वाचन आयोगले अस्ति भर्खरै आम निर्वाचन २०८९ को मतपरिणाम सार्वजनिक गरेसँगै दलहरू सरकार गठनबारे अनौपचारिक छलफल गरिरहेका छन् । तर, हालसम्म कुनै पनि दललले औपचारिक निर्णय गरिसकेका छैनन् ।

यसअघि प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्