हेली एभरेष्टले माग्यो ६ जना पाइलट



काडमाडौं ।

हेली एभरेष्ट प्रालीले ६ जना पाइलटका लागि रोजगारी खुलाएको छ । हालै मात्र सिम्रिक एयरसँग एउटा हेलिकोप्टर खरिद गरेसँगै हेली एभरेष्टले पाइलट मागेको हो ।

उसले एस थ्री फाइब जिरो बी थ्री इ नामको हेलिकोप्टर उडानका लागि जनशक्ति मागेको हो । यो हेलिकोप्टर सगरमाथा आधार शिविरसम्म उडानका लागि प्रयोग हुँदै आएको छ ।

हेलीले दुई इन्स्ट्रक्टर पाइलट, दुई कप्तान र दुई प्रशिक्षार्थी पाइलटको लागि आवेदन खुलाएको छ । इन्स्ट्रक्टर पाइलटका लागि लाइसेन्स अनिवार्य र दुई हजार घन्टाभन्दा बढी समयको उडान अनुभव चाहिने बताएको छ । कप्तानमा आवेदन दिन लाइसेन्सँगै दुई हजार उडान अनुभव चाहिने कम्पनीले जानकारी दिएको छ । त्यस्तै प्रशिक्षार्थीको हकमा विना अनुभव भए पनि लाइसेन्स अनिवार्य भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्