क्यान महासंघ स्याङ्जाको अध्यक्षमा पराजुली निर्वाचित



स्याङ्जा ।

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला शाखा स्याङ्जामा नयाँ नेतृत्व चयन भएको छ । क्यान महासंघ स्याङ्जा शाखाको १२ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । अधिवेसनले पदमप्रसाद पराजुलीको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा ध्रुव सुवेदी, सचिवमा ऋषि रेग्मी, कोषाध्यक्षमा गोविन्द गैह्रे रहनुभएको छ भने सदस्यहरुमा इन्द्र पोख्रेल, खेम भट्टराई, प्रसुन मगर, कृष्ण राना, श्याम थापा रहनुभएको छ । त्यस्तै प्रदेश तथा केन्द्रीय अधिवेसनमा मणिप्रसाद अर्याललाई प्रतिनिधि चयन गरिएको छ ।

कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका कानुनी सल्लाहकार तथा अधिवक्ता नर बहादुर पौडेलले सचुना र प्रविधिलाई अगाडि बढाउन क्यानले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । कम्युटर ब्यवसायीहरुले ब्यापारलाई मात्र जोड नदिई समाजलाई सुचना प्रवाह गरेर सञ्चारकर्मीको भुमिका निभाउनु पर्नेमा पौडेलको जोड थियो । “गाउँ गाउँ सम्म सुचना प्रवाह गर्नुहोस, आफुले ब्यापारबाट कमाउने भन्दा धेरै समाजलाई दिनुहोस्,” पौडेलले भन्नुभयो, – “हर नागरिक र हर ब्यवसायीहरुले सामाजिक उत्तरदायित्व लिने बेला आएको छ ।”

कार्यक्रममा क्यान महासंघ गण्डकी प्रदेशका पुर्व कोषाध्यक्ष देवबहादुर बोगटीले कम्यूटर तथा सूचना प्रविधि सम्वन्धि अत्याधुनिक एवं नविनतम प्रविधिबारे जानकारी दिदै ग्रामीण क्षेत्रसम्म सूचना प्रविधिको पहुँच पु¥याउँने उद्देश्य क्यानले लिएको बताउनुभयो । क्यान महासंघ स्याङजाका पुर्व अध्यक्ष कृष्ण बस्यालले छिमेकी राष्ट्र चीनको उदाहरण दिदैँ भन्नुभयो, “चीन हाम्रो देश भन्दा एक वर्ष अघिमात्रै स्वतन्त्र भएको हो, उसले प्रविधिमा यति विकास ग-यो कि आज विश्वमा हलचल मच्चाएको छ । हाम्रो देशमा पनि प्राविधिक र नैतिक शिक्षामा ध्यान दिनु आवश्यक छ ।”

अधिवेसन सम्पन्न गर्नका लागी नर बहादुर पौडेलको संयोजकत्वमा ३ जना सदस्य रहेको निर्वाचन समिति गठन गरि नयाँ नेतृत्व चयन गरिएको क्यानले जनाएको छ ।

हाल क्यान स्याङ्जामा २४ वटा सम्वन्धित काम गर्ने सदस्य संस्थाहरु छन् । स्याङ्जामा महासंघ शाखा वालिङका कम्युटर ब्यवसायी दिपक पंगेनीले २०६२ सालमा स्थापना गर्नुभएको थियो । नेपाल कम्प्युटर एसोसियसन क्यान महासंघ स्याङजाले विभिन्न कम्प्युटर व्यवसायी सम्बन्धी उद्योगसंग सम्बन्धित कार्यमा वकालत र पैरवि गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्