पत्रकार एलनमाथि हातपात, कान र गालामा चाेट

0
Shares

काठमाडाैं  । 

पत्रकार रामकुमार एलनमाथि हातपात भएको छ ।  सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको भन्दै आइतबार राति ९ः५० तिर हेटौँडा उपमहानगरपालिका–२ स्थित पल्पसा सदनमा एलनमाथि सांघातिक हातपात भएको हो ।

आक्रमणबाट उनी सामान्य घाइते भएका छन् । आफूलाई कांग्रेसका नेता इन्द्र बानियाँको समर्थक दाबी गर्ने राजेश भेट्वालसहितका करिब २०–२२ जनाको जत्थाले आक्रमण गरेको आरोप छ ।

पत्रकार एलनको उद्धार गर्न पुगेका नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरमाथि पनि उक्त जत्थाले आक्रमण गरेको आरोप छ । महासचिव मगर पनि सामान्य घाइते भएका छन्  । पत्रकार एलनको देब्रे कान र दाहिने गालामा चोट लागेको छ ।