नेपाली र भारतीय पक्षबीच दार्चुलाको सीमा क्षेत्रमा विवाद

0
Shares

धनगढी ।

दार्चुलास्थित नेपाल र भारतको सीमानाका क्षेत्रमा विवाद भएको छ । आइतबार नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुलमा लफडा भएको हो ।

भारतले दार्चुलाको महाकाली नदी किनारमा धार परिवर्तन हुने गरी तटबन्धको निर्माण कार्य गरिरहेकोमा सोही विषयलाई लिएर नेपाली नागरिकले विरोध गर्दा विवाद भएको हो ।

आज भएको विवादमा भारतीयले नेपाली नागरिकमाथि दार्चुला पारी भारतको धार्चुलाबाट ढुंगा प्रहारसमेत गरेका छन् । घटनाको विस्तृत विवरण नआएको तर भारतीय नागरिकले ढुंगा प्रहार गर्दा चार नेपाली घाइते भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।