माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

0
Shares

काठमाडौं।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

 पेरिसडाँडास्थित पार्टी मुख्यालयमा जारी बैठकमा निर्वाचनको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल हुनेछ ।

शनिबारबाट सुरु भएको पदाधिकारी बैठकले पहिलो दिन सरकारमा जान सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो । यसबारे जारी बैठकले थप निर्णय गर्ने नेताहरुको भनाइ छ ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत तेस्रो राजनीतिक शक्ति बनेको माओवादी केन्द्रले पनि सरकारको नेतृत्वको आकांक्षा राखेको छ ।