माया हत्या प्रकरण : आरोपी सशस्त्र प्रहरी जवान पक्राउ



धनगढी ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका छन् ।

मायाको हत्या गरेको अभियोगमा बैतडी शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेका प्रहरीले जनाएको छ ।

कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको हो । २२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए । प्रहरी निरीक्षक पन्तले पक्राउ परेका कोलीलाई बैतडी प्रहरीलाई बुझाइने बताए । माया गत बुधबार शिवनाथ गाउँपालिकामा घाँटी रेटेको अवस्थामा मृत भेटिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्