गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

0
Shares

काठमाडौं । 

एमालेका नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित निवासमा फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

लोकन्थलीस्थित बास्कोटाको घरमा आइतबार बिहान भेटिएको शंकास्पद वस्तु बम नभएको नेपाली सेनाको बम डिस्पोजल टोलीले जनाएको हो ।
सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गर्नेक्रममा बम नभएको पुष्टि भएको हो ।