गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

0
Shares

भक्तपुर ।

नेकपा एमालेका नेता ,पुर्वमन्त्री एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ ।

मध्यपुर थिमि १ लोकन्थलीस्थित बास्कोटाको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

सुचना पाए लगत्तै प्रहरीको टोली सो स्थानमा पुगेको थियो ।शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको र टोली सो स्थलमा पुगेको भक्तपुर प्रहरीले जानाएको छ ।

आज बिहान सवेरै छिमेकीले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।यसअघि २०७६ फागुनमा सोहि घरमा बम बिष्फोट हुंदा सामान्य क्षति भएको थियो ।

काभ्रेबाट निर्वाचित बास्कोटा काभ्रेस्थित घरमै रहेको रहेको जनाइएको छ । शंकास्पद वस्तु कसले राख्यो भन्ने खुलेको छैन ।