अवैध लागूऔषधसहित २ जना पक्राउ

0
Shares

काठमाडौं । अवैध लागूऔषधसहित दुई जनलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई हिजो (शुक्रबार) राति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बालकुमारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम, मोबाइल ३ थान र नगद ९ हजार रूपियाँसहित फक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका–१ घर भई हाल काठमाडौं माहनगरपालिका–३२ जडिबुटी बस्ने १९ वर्षीय विकास साह र अर्का एक जनालाई २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।