भरूवा बन्दुक र बारूदसहित १ जना पक्राउ

0
Shares

नुवाकोट । नुवाकोटमा भरुवा बन्दुक र बारुदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आज (शनिबार) प्रहरीले दिएको जानकारी अनुसार जिल्लाको शिवपुरी गाउँपालिका–३ नयाँगाउँ नन्दी बस्ने ६० वर्षीय हर्क बहादुर तामाङलाई भरूवा बन्दुक २ थान र बारूद १ केजी सहित हिजो (शुक्रबार) दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाट्टीभञ्ज्याङबाट खटिएको प्रहरीले घर तलासी गर्दा लोड गरी राखिएको उक्त बन्दुक र बारुद फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।