जुवाको खालबाट १६ जना जुवाडे पक्राउ

0
Shares

काठमाडौं । जुवाको खालबाट १६ जना जुवाडे पक्राउ परेका छन् । हिजो (शुक्रबार) काठमाडौं महानगरपालिका–३ बस्ने राजु थापाको घरमा जुवातास खेलिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

आज (शनिबार) नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका–३ बस्ने ४१ वर्षीय भुवनलाल श्रेष्ठसहित १६ जनालाई हिजो राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४३ हजार रूपियाँसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।