सवारी दुर्घटनामा १२ जनाको मृत्यु

0
Shares

काठमाडौं । सडक सवारी दुर्घटनामा परि १२ जनाको मृत्यु भएको छ । आज (शनिबार) नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले दिएको जानकारी अनुसार देशका छुट्टा–छुट्टै स्थानमा सवारी दुर्घटनामा परि उनीहरुको मृत्यु भएको हो ।

धनुषा, गणेशमानचारनाथ नगरपालिका–४ वीरेन्द्रबजारमा ना–१ ज ८३९६ नम्बरको विङगर गाडी र ज.१ च १४९६ नम्बरको पिकअप गाडी एकआपसमा ठक्कर खाई आज बिहान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ना.१ ज ८३९६ नम्बरको विङगर गाडीमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी १३ वर्षीय बालकको घटनास्थलमै र गम्भीर घाइते भएका सोही गाडीका चालक धनौजी गाउँपालिका–४ धनौजी बस्ने २५ वर्षीय अव्दुल मन्सुरी समेत ४ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका विङगरमा सवार अन्य ९ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै गाडी र ज.१ च १४९६ नम्बरको पिकअपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी धनुषा, धनुषाधाम नगरपालिका–९ धारापानीमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

धादिङ, थाक्रे गाउँपालिका–२ हुलाकडाँडामा काठमाडौंबाट आबुखैरेनीतर्फ जाँदै गरेको प्र.३–०१–००१ ग ३९२७ नम्बरको वानटन गाडीले बा.८९ प ९७२५ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बेलायती नागरिक ३५ वर्षीय रुसेल एन्ड्री मिल्गीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, मेचीनगर नगरपालिका–१० निन्दा पुलस्थित सडकमा प्र १ –०१–१२ प ४३७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७१ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको रोशन मेडिकल धुलाबारीमा उपचार भइरहेको छ ।

यसैगरी झापा, अर्जुनधारा नगरपालिका–४ भाङबारीमा लक्ष्मीपुरबाट रातेखालतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०१८ प ८३८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक पाँचथर फिदिम नगरपालिका–१ बस्ने ३५ वर्षीय गंगाराम काफ्लेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।