चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

0
Shares

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिका पूर्व अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोप पत्र दायर गरेको छ ।

अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र गाउँ कार्यपालिका सदस्यहरु, उपभोक्ता समिति विरुद्ध मुद्दा दर्ता गरेको हो ।

आयोगले उक्त गाउँपालिकाको आर्थिक वर्ष २०७५र०७६ मा वहिदको जग्गादेखि ढङ्ग्रा खोलासम्म पक्की नाला निर्माण स्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई तीन लाख ४१ हजार पाँच सय ४४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरेको हो ।