मानव सभ्यता शुरू हुनु अगाडि पनि प्रकृतिको दोहन र त्यसको असर भएका विषयमा धेरै कथा पढ्दै आएका छौं । मानव सभ्यताको विकासपछि नदी किनारका सभ्यताले धेरै छिटो विकासक्रमलाई समात्न पुगे । यसको मूल कारण नदी किनारमा प्राकृतिक स्रोतलाई सजिलै दोहन वा उपयोग गर्न सकिएकाले हो । जसका कारण त्यसको आश्रयमा धेरै मानिस छन् ।
विगतमा पृथ्वीमा ठूला–ठूला प्रकोपले धेरै मानवीय तथा अन्य क्षति भए । साम्राज्यहरूलाई तहसनहस पारे । जनविद्रोह शुरू भए, अनिकाल र भोकमरीको कारण बने । उथलपुथलले दुःख पैदा गर्दछ । असंख्य सरकारहरूको अस्तित्वलाई बाधा पु¥याउँछ । हुनसक्छ, हाम्रा पुर्खाले त्यस्ता विपत्तिहरू देखेका थिए । जुन उनीहरूको ब्रह्माण्ड, प्राकृतिक संसारको लागि मानवले गरेको अनादर र दुव्र्यवहारको कारण उत्पन्न थियो । आज, शिक्षित व्यक्तिले सामान्यतया यस्ता धारणालाई मान्न तयार छैन । तर, वैज्ञानिकले हालसालै पत्ता लगाएको तथ्य वातावरणमा मानव प्रभाव विशेषगरी जीव र इन्धनको दोहनले प्रतिक्रियाहरू उत्पादन गर्दै छन, विश्वभरिका समुदायलाई तीव्र हानिकारकको रूपमा, चरम आँधीको रूपमा, लगातार खडेरी, विशाल जंगली आगो र कहिले महामारीको रूपमा कहिले घातक तातो तरंगको रूपमा आइरहेका छन् ।
शीतयुद्ध युगको भनाइलाई अनुकूल बनाउन मानवताले के गर्नुपर्ने हुन सक्छ ? त्यो प्रकृतिको साथ ‘शान्तिपूर्ण सहअस्तित्व’ को नयाँ नीति थियो । यस दृष्टिकोणले पृथ्वीमा ठूलो संख्यामा मानिसको निरन्तर उपस्थितिलाई वैधानिक बनाउँदछ तर यसको इकोसिस्टमसँगको उनीहरूको अन्तत्र्रिmयामा निश्चित सीमाको सम्मान गर्नु आवश्यक छ । हामी हाम्रो प्रतिभा र प्रविधिको प्रयोग गर्न सक्दछौं जहाँ हामीले ओगटेको ठूलो क्षेत्रमा जीवन सहजको लागि, जोखिमपूर्ण कार्य गरिरहेका छांै । त्यसकारण पनि आगामी दिनमा प्राकृतिक प्रकोपहरू बाढीपहिरो, महामारी, ज्वालामुखी, भूकम्प र त्यस्तै अन्य घटना अवश्य पनि हुनेछन् ।
अब एक छिन पृथ्वीको प्रणालीलाई बुझौ, संसार एक समस्त इकोसिस्टमभित्र समाहित छ यसभित्र फरक–फरक इकोसिस्टम छन् । जस्तै समशीतोष्ण वन, उष्ण वर्षा वन, मरुभूमि, घाँसे मैदान, टुन्ड्रा, र माइक्रोबायोम । त्यस्तै, माइक्रोबायोमा जीवाणु, ढुसी, प्रोटोजोआ, ऐल्गी, अन्य एक सेल माइक्रोबहरू र भाइरसहरूको समुदाय हो । जुन एक अर्कासँग जटिल तरिकाले अन्तत्र्रिmया गर्दछन् । यसलाई सबैभन्दा सूक्ष्म परिस्थितिजन्य प्रणाली भनिन्छ । समुन्द्रिक इकोसिस्टमहरू महासागर, कोरल रिफ आदि हुन् । महासागर विश्वको सबैभन्दा ठूलो इकोसिस्टम हो ।
इकोसिस्टम भौगोलिक क्षेत्र हो जहाँ बोटबिरुवा, जनावर र अन्य जीवका साथै मौसम र भूगोलसँगै मिलेर काम गर्दछन् । जसले जीवनको सञ्चालन गर्दछ । इकोसिस्टमले जैविक भाग, साथै अजैविक कारकहरू समावेश भई अन्तक्र्रिया गर्दछन । जैविक कारकहरूमा बिरुवा, जनावर र सूक्ष्म जिवाणु पर्दछन् । इकोसिस्टमका हरेक सदस्यको भूमिका फरक–फरक तर उत्तिकै महत्वपूर्ण छ । सबै जैविक तथा अजैविक वस्तु, जीव, तथा अन्तक्र्रियाहरू इकोसिस्टममा सदस्यहरू हुन् । मानवीय गतिविधिहरू उल्लेखनीय र द्रुत रूपमा परिस्थितिजन्य प्रणाली र कार्य परिवर्तन गर्दै छन् । उदाहरणको लागि, हामी वातावरणको रासायनिक संरचना परिवर्तन गर्दैछौं, प्राकृतिक परिदृश्यलाई शहरी क्षेत्रमा रूपान्तरण गर्दैछौं र पुष्प र जीव जन्तुहरू उनीहरूको प्राकृतिक सिमानाभन्दा टाढासम्म पु¥याइरहेका छांै ।
सम्पूर्ण जगत् नै स्वस्थ इकोसिस्टममा निर्भर छ, हावालाई शुद्धीकरण गर्न, जलवायु नियमनको लागि, कार्बनलगायत अन्य भूगर्भिक चक्र, पौष्टिक तत्वहरू ताकि हामीसँग महँगो पूर्वाधारबिना सफा पिउने पानीको पहुँच छ, र हाम्रो बालीनाशक परागकण हुन्छ ताकि हामी भोकाउने छैनौं । अझ भनौं कुनै पनि जीवन इकोसिस्टमको कारण सम्भव छ ।समुन्द्रको पिँधदेखि सगरमाथाको चुचुरोसम्म प्रकृतिको नियमलाई पालना गर्नुपर्दछ । सैद्धान्तिक रूपमा एउटा प्रणालीमा हुने जीवित जीवलाई तीन फरक–फरक कार्यको आधारमा विभाजन गर्न सकिन्छ । उत्पादक, उपभोक्ता र विघटनकारी । तिनीहरू इकोसिस्टमको सबै महत्वपूर्ण अंग हुन् । उत्पादकहरू हरियो बोट बिरुवा हुन् । तिनीहरूले आफ्नै खाना बनाउँछन् । सूक्ष्मजीवको इकोसिस्टममा धेरै महत्वपूर्ण भूमिका छ । अक्सिजन उत्पादन, विकास, र सहजीवी सम्बन्ध इत्यादि । विघटनको प्रक्रियाले पोषक तत्वहरू प्रदान गर्दछ जुन बोटबिरुवा र जनावर पुनः प्रयोग गर्न सक्नेछन् माटोलाई अधिक उर्वर बनाउँदछन् ।
सूक्ष्मजीवहरू धेरैजसो मानव संस्कृति र स्वास्थ्यमा महत्वपूर्ण छन् आवश्यक पर्ने खानाको लागि सेवा, मलजलको उपचार, इन्धन, इन्जाइमहरू र अन्य जैविक क्रियात्मक यौगिकहरू उत्पादन गर्छन् । तिनीहरू जीव विज्ञानको मोडल जीवको रूपमा आवश्यक उपकरणहरू हुन् र जैविक युद्ध र जैविक प्रशोधनमा प्रयोगको लागि राखिएका छन् । सूक्ष्मजीवहरू जैविक क्षेत्रको जताततै हुन्छन्, र तिनीहरूको उपस्थितिले सधैं उनीहरूमा बसिरहेको वातावरणलाई असर गर्छ ।
मानवको क्रियाकलापले ल्याएको बासस्थान विनासले विभिन्न प्रजाति र प्रणालीलाई खतरामा पार्छ । जैविक विविधता र जङल फँडानीले प्रणालीलाई बदल्छ र वनविनाशकोे असर पनि अत्यधिक हुने गर्दछ ।प्रणालीलाई असर गर्ने विभिन्न मानव गतिविधि हुन् । ओभरहन्टिङ, स्रोतको उच्च दोहन र जेनेटिक संशोधनहरू (जेनेटिक मोडिफिकेसन) कृषि, प्लास्टिक उत्पादन, कार्बनडाइअक्साइड र अन्य हरितगृह ग्यासहरूको उत्सर्जन, चट्टानको विनाश, कालो कार्बनको उत्पादन, पानीका प्रवाह, नदी र ताजा पानी एक्विफर रिचार्ज क्षेत्रहरूको विनाश इत्यादि हुन् । अरू क्रियाकलापले भौतिक रूपमा प्रभाव पर्दछन् । तर, जेनेटिक मोडिफिकेसनले साना जीव र जीवात्माहरूलाई असर गर्दछ ।
सबै जीवले इकोसिस्टममा आधारभूत आवश्यकताको लागि अन्य प्रजातिहरूसँग प्रतिस्पर्धा गर्छन् । जसमध्ये मानिस सामान्यतया सफल हुन्छन् किनकी उनीहरूले मद्दतको लागि प्रविधि विकास गरेका छन् । मानवले वातावरणीय प्रणालीमा नयाँ तत्वहरू ल्याएका छन, जस्तै प्रदूषण । प्रदूषणले इकोसिस्टममा सबै जीवलाई असर गर्न सक्छ । वातावरणमा मानव प्रभाव अत्यधिक छ । मानवले भौतिक वातावरणलाई धेरै प्रकारले प्रभाव पार्छ । अत्यधिक जनसंख्या, प्रदूषण, इन्धन, र वन फँडानी यसका उदाहरण हुन् । त्यस्तै मौसम परिवर्तन, माटोको क्षति, खराब हावाको गुणस्तर, र भूमिगत जल इत्यादिलाई असर गर्दछ । त्यसबाहेक विभिन्न कारण छन् जहाँ इकोसिस्टमा पर्ने प्रभावले गर्दा संक्रामक रोगहरू पनि आएका छन् । उदाहरणका लागि, हामी उष्ण प्रदेशीय जंगलमा बढ्दो रूपले अतिक्रमण गर्दैछौं, जुन असंख्य प्रजातिहरूका जनावरहरूको बासस्थान हो । त्यस जंगलभित्र अभिलेखमा नआएका कयौं नयाँ भाइरसहरू छन् । जब हामी यस्ता इकोसिस्टम र त्यहाँ बस्ने प्रजातिलाई अवरोध र तनावमा पार्छौं, हामी तिनीहरूको प्राकृतिक प्रजातिका होस्टबाट भाइरस हटाउने प्रक्रियामा खलल पु¥याउँछौं जुन शृखंलाबद्ध रूपमा मानवसम्म पुग्छन् ।
उदाहरणका लागि ‘एचआईभी’ यो सम्भवत सन् १९२० को दशकमा चिम्पान्जीबाट मानिसमा पुगेको थियो । त्यहाँ पनि अफ्रिकाका झाडीमा शिकार गर्नेहरूले ती चिम्पान्जी मारेर खाए । दक्षिणपूर्व एसियामा, अत्यधिक सुँगुर पालिएको ठाउँमा भएका चमेरोहरू मारेर खाँदा ‘निका’ भाइरस देखिएको थियो । निका भाइरसले पनि मानावीय क्षति गरेको थियो । अमेजनमा हुने ठूलो वन फँडानीमा ५० प्रतिशतभन्दा बढी मलेरिया जन्माउने लामखुट्टेको विकास भएको छ । यस्ता सूक्ष्म जीवाणुको कनेक्सन सम्पूर्णरूपमा इकोसिस्टमसँग नै हुने गरेको देखिन्छ ।
प्राकृतिक रूपमा मानव पृथ्वीका उपभोक्ता मात्रै हुन् । उच्च दोहनको कारणले गर्दा विभिन्न प्रकारका उपउत्पादनहरू जस्तैः तिनीहरूले ऊर्जा उत्पादन र कृषि, प्रदूषण, आवास विनास, अधिक माछा र शिकारमार्फत खाद्य चेनमा असर गर्छन् । साथै जनसंख्या वृद्धिले खाना र आश्रयको लागि उनीहरूको मागले, माटो र जलीय पारिस्थितिक प्रणालीलाई प्रभावित गर्दछ । यो प्रभावले प्राकृतिक प्रणालीलाई नै खलल बनाउन थाल्छ । विश्व आर्थिक मञ्चका अनुसार वायु प्रदूषण हाम्रो सार्वजनिक स्वास्थ्यको लागि सबैभन्दा ठूलो वातावरणीय खतरा रहेको छ ।
मानव इतिहासलाई विकासवादी प्रक्रियाको रूपमा हेर्ने हो भने यो सामान्य कुरा हो । जहाँ राजनीतिक रूपमा व्यापक परिवर्तन भई तमाम प्रक्रियापश्चात समाजको विकसित रूपमा स्थापना भएको हो । यसको विकासक्रम अझै जारी छ । विज्ञानले प्रविधिलाई थपेर मानव जीवन अत्यन्तै सहज र सजिलो बनाइदिएको छ । प्रकृतिलाई केवल मानव इच्छा पूर्तिको लागि साधन र स्रोतको खानीको रूपमा विकास गरेको छ । कल्पनामा भएका सबै वस्तुलाई यथार्थ बनाएकोे केबल यो पृथ्वीभित्रका साधन र स्रोतको उपयोगले सम्भव भएको हो ।
पृथ्वीका हरेक स्रोत र साधानको दोहन यति तीव्र रूपमा भयो कि मानिसले पृथ्वीको एक अंश हो भन्ने बिर्सेर पृथ्वीभन्दा माथि रहेको अनुभूति हुने गरी सम्पूर्ण प्रकृतिलाई नै जितिसकेको छ । प्रविधि त माध्यम मात्रै थियो तर यो लडाईं पृथ्वी र मानवबीच छ । जुन दिन प्रकृतिले मानवलाई साथ दिन छोड्छ त्यो दिनदेखि प्रविधि स्वतः स्खलित हुन्छ । यो नियमलाई हरेक जीव वैज्ञानिकले प्रक्षेपण गरेको सत्य हो ।
कोरोना पनि चाइनाको सामुद्रिक बजारमा कुनै जनावरबाट निर्यात गरिएको सूक्ष्म जीवाणु हो । यो कसरी मानव जगतमा स¥यो । अझै निक्र्याेल नभए पनि यस्तो प्रकारको जीवाणु प्रकृतिको अत्याधिक दोहनबाट सिर्जित हो । भनिन्छ, चमेरोको मासुबाट यो भाइरस मानिसमा आएको हो । सामान्यता मानिस चमेरोसम्म पुगेर मासु खाने भनेर प्रकृतिमा चिनिँदैन । चमेरोको मासु कुनै पनि खाद्य श्रृंखलामा मानिस जोडिँदैन । यो कुनै पनि इकोसिस्टममा चमेरोको मासु मानिसले खानु भन्ने सम्बन्ध छैन । मानव सभ्यता यति निंरकुश र लोभी भइसकेको छ कि त्यहाँ हरेक प्रकारका जीव र वातावरण केवल उपयोगको लागि मात्रै हुन् भन्ने सोचाइमा छ ।
देवता र दानवले आफू अजम्मरी हुनको लागि समुन्द्र मन्थन गरेर अमृत निकालेको कथा र हाल प्रविधिको विकास र प्रकृतिको दोहन त्योभन्दा कम छैन । हामी बाँचेको समाज प्रकृतिले कल्पना गरेको समाजभन्दा कैयौं गुणा धेरै सुसज्जित छ । प्रविधि एउटा साधन मात्रै भए पनि यो सबै प्रकृतिको दोहनबाट मात्रै सम्भव भएको हो ।जलवायु परिवर्तन, वातावरणमा अधिक हरितगृह ग्यास फ्याँक्ने, पृथ्वीको तापक्रममा वृद्धि तथा जेनेटिक मोडिफिकेसनले हुने जीवाणुजन्य परिवर्तन नै यो संसारमा विभिन्न प्रकारका विकारहरू पैदा गर्न काफी छन् । अझ बढी कार्बनडाइअक्साइड र अन्य ग्यासको उत्सर्जन गरेर, मानव मौलिक रूपमा पृथ्वीको कम्पोजिसनलाई नै परिवर्तन गरिरहेका हुन्छन् । प्राकृतिक प्रणालीका लागि यी र यस्ता अकल्पनीय खतरा निरन्तर रूपमा पैदा गरिरहेका हुन्छन् । इकोसिस्टमको एउटा विशेषता के हो भने लामो खाद्य श्रृंखला र इकोसिस्टमका सदस्यमध्ये एउटा मात्रै लाई पनि असर गर्ने गरी केही काम गरेको खण्डमा सम्पूर्ण सदस्य तथा अन्तक्र्रिया नै प्रभाव पर्दछ ।
मौसम परिवर्तनको मुख्य कारक हरितगृह प्रभाव हो । किनकि विभिन्न प्रकारका हरितगृह ग्यासहरू पृथ्वीको सतहबाट अझ विकृत सौर्य तापको पासोमा पर्दछन्, जसले विश्वव्यापी तापक्रम बढाउँदछ र विश्वको मौसम ढाँचा परिवर्तन गर्दछ । मौसम ढाँचामा आउने परिवर्तन र तापक्रमको परिवर्तनले नयाँ–नयाँ जीवात्माको विकास अझ भनांै ‘म्युटेसन’ गराउने गर्दछ । समग्र यो प्रक्रियाका लागि तमाम कुरा कारक होलान् तर महत्वपूर्ण कुरा वा वस्तु तापक्रमको वृद्धि र मौसम परिवर्तन हो ।
‘आईपीसीसी’ले मानवीय महामारी सम्भावित जलवायु प्रेरित टिपिङ पोइन्टको बीचमा पहिचान गर्न सकेन तर यसले जलवायु परिवर्तनले त्यस्तो प्रकोपको जोखिम बढाउने प्रशस्त प्रमाण प्रदान गरेको छ । सबैभन्दा पहिले तातो तापक्रम र अधिक ओसिलो लामखुट्टे, जीका भाइरस र अन्य अत्यधिक संक्रामक रोगलगायत लामखुट्टेको प्रजनन् उत्पादनको लागि अनुकूल छ । त्यस्ता अवस्था प्रायः उष्ण क्षेत्रमा सीमित थिए । बढ्दै गएको तापक्रमका कारण अन्य समशीतोष्ण क्षेत्र अहिले अधिक तापक्रमको अवस्थामा छन् । जसको परिणामस्वरूप लामखुट्टेलगायत पहिले नै भनिएका सूक्ष्म जीवाणुको उत्पादन र तिनीहरूलाई आवश्यक पर्ने वातावरण बन्दै गएको छ ।
लामखुट्टेले सार्ने रोग व्याधिबाट हरेक वर्ष लाखौं मान्छे मरिरहेका छन् । तथापि, अहिले देखिएका भाइरसजन्य रोगको कारण पनि यही उच्च दोहन तथा तापक्रमको वृद्धि र मौसम परिवर्तनको संयुक्त परिणाम हो ।वन्यजन्तु, रोग र मानिसबीचको सम्बन्ध नयाँ होइन तर यी र यस्ता रोगको बढोत्तरी अत्यधिक छ । जुन मुख्यतया बासस्थान, विखण्डन, इकोसिस्टममा हुने परिवर्तन र जलवायु परिवर्तनका कारण हो ।प्रकृतिको संरक्षण र प्राकृतिक स्रोतको दिगो प्रयोग सुनिश्चित गर्न सकियो भने अर्को महामारीलाई रोक्न सक्दछौं । प्रकृतिको संरक्षण, प्राकृतिक संशाधनको दिगो प्रयोग र स्थानीय समुदायलाई जेनेटिक रोगका खतराबारे शिक्षा दिन सकियो भने दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्न सकिन्छ ।
सामाजिक एवम् प्राविधिक विकासको जुनसुकै अवस्थामा पुगे पनि पृथ्वीको आफ्नै नियम छ । इकोसिस्टमको नियमभन्दा बाहिर कोही जानु हुँदैन । खाद्य श्रृंखला जब भत्किन थाल्छ तब त्यसका विकार उपउत्पादकको रूपमा उत्पति हँुदै जान्छन । त्यसका प्रभाव अरू जीवले भन्दा पनि प्रगतिशील मानव जगतले नै भोग्नुपर्ने देखिन्छ । सहअस्तित्वको जीवनशैली नै अबको विकासको मोडेल हुन सक्छ । १४ लाख अभिलेख गरिएका तथा अनुमान गरिएका लाखौं जीव र जगतबीचको सहअस्तित्व अनुकूलन गरिएको जीवन शैलीलाई कोरोना भाइरसले पढाएको पाठ हो ।
नेपालको सन्दर्भमा राजनीतिक मुद्दाले सधंै प्राथमिकता पाउँछ । कुनै कालखण्डसम्म त्यो ठिकै होला तर अन्ततकालसम्म यो मुद्दालाई बोक्नुपर्छ भन्ने हुँदैन । अब नेपालले वातावरणका मुद्दालाई पनि बोक्नुपर्ने अवस्था आएको छ । जुन नयाँ बन्ने सरकारका लागि चुनौती र अवसर दुवै हो ।वातावरणका क्षेत्रमा नेपालले आफूले नगरेको अपराधको सजाय भोग्दै आएको छ । विकसित राष्ट्रले फैलाएको प्रदूषणका कारण नेपालको वातावरणमा प्रतिकूल प्रभाव पर्न थालेको छ । हिमाल पग्लिदै जाने, हिमतालहरू फुट्ने अवस्थामा पुग्ने, मौसमका आएका विचलनहरू यसका उदाहरण हुन् । विकाससँगै भित्रिएका विनासलाई व्यवस्थापन गर्नुपर्ने दायित्व सरकारसँग छ । तसर्थ, अब बन्ने सरकारले राजनीतिक, आर्थिकलगायतका विषयसँगै पर्यवरणको विषयलाई पनि त्यतिकै महत्वका साथ अगाडि बढाउनुपर्ने आवश्यकता छ ।
(विश्व बैंक, एडीबीलगायतका संस्थामा वातावरण विज्ञका रूपमा काम गरिसक्नु भएका पोखरेल वातावरण विज्ञानमा विद्यावारिधी गर्दै हुनुहुन्छ ।)
प्रतिक्रिया