बर्दियामा अवैध हातहतियारसहित एक जना पक्राउ

0
Shares

बर्दिया । बर्दियामा अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (बुधबार) उनलाई अतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ

बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीसहितको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो । जिल्लाको बाँसगढी नगरपालिका–८ स्थित बनगाईमा लुकाइ राखेको अवस्थामा हतियार बरामद गरेको छ ।

हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।

बरामद गरिएका हातहतियार :

भरुवा बन्दुक नाल १

बन्दुकको जगेडा ब्यारोल गोटा १

बन्दुकको बारुद भर्ने गज गोटा १

बारुद १५ ग्राम

डेटोनेटर गोटा ८

केप गोटा २१

बन्दुकमा प्रयोग हुने ठूलो छर्रा गोटा ६५

सानो छर्रा गोटा ४५०

गोली गोटा १७५