धनगढीमा ग्रेडरको ठक्करबाट बालिकाको मृत्यु

0
Shares

धनगढी । 

धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिएपछि एक बालिकाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० वेदप्रकाश जोशीले पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।

उनकाअनुसार बालिका साइकलमा स्कुल जादै गर्दा सडकको लेवल मिलाउदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ठक्कर दिइको थियो।ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय बिमल कुमाल र ग्रेडर प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विरोधमा स्थानीयले प्रर्दशन गरिरहेका छन्।