सन्तानको चाहना पुरा गर्न उमेरले छेक्दैन : बिमला रजक

२७ वर्षपछि छोराको पुर्न जन्म



काठमाडौं । 

नबोल्ने मात्र भगवान् हुन्छन भन्ने लाग्थ्यो बोल्ने पनि भगवान् हुँदा रहेछन् मेरो जीवनमा डा. नूतन शर्मा भगवान् भएर आउनुभयो । ३ वर्षदेखि सन्तान वियोगमा छट्पटाईरहेकी ललितपुरकी एक ५५ वर्षीय महिला टेष्टट्युब बेबी पद्धतिबाट आमा बन्न सफल हुनुभएपछि यस्तो भावना व्यक्त गर्नुभयो ।

निसन्तानलाई सन्तान नहुँदाको पिडा र सन्तान भएर पनि सन्तानको मृत्युपछि ३ वर्षदेखि सन्तानको वियोगले विक्षिप्त भएको परिवारलाई नर्भिक आइभिएफ सेन्टरमा एक वर्षको उपचारपछि शनिवार स्वस्थ सन्तान प्राप्ति भएकोमा विमला र उहाँको श्रीमानको खुसीको सीमा छैन । खुसी सन्तान प्राप्तिसँगै पहिलो छोरा जन्मेकै दिन खुसीको बहार लिएर यो सन्तान भित्रिनु थियो ।

विज्ञान प्रविधिको युगसँग चल्नुपर्छ भन्ने मान्यता राख्दै लामो समय देखि नेपालका विभिन्न अस्पतालमा आईभिएफ पद्धतिलाई निकै कुशलतापूर्वक सम्हाल्दै आउनुभएकी नर्भिक आइभिएफ सेन्टरकी वरिष्ठ टेष्टट्युव बेबी विशेषज्ञ डा. नूतन शर्माले रजत परिवारमा खुसी ल्याउन सक्दो प्रयास गरेको बताउनुभयो । उहाँले शल्यक्रियामार्फत बच्चा जन्माएको र हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य भएको बताउनुभयो ।

 

विमलाको महिनावारी बन्द भएको ४ वर्ष भैसकेको थियो तर उहाँको ३० वर्षको छोरा गुमेको सन्तान वियोगलाई नजिकैबाट नियालिरहेकी उहाँकै छोरी पाटन अस्पतालको एक जिम्मेवार नर्स भएको र उहाँ लेनै बाबु आमाको खुसीको लागि आईभीएफ प्रतिबद्ध मार्फत प्रयास गर्न धेरै सेन्टरमा अनुरोध गर्दा उमेर पाको भएकाले हुँदैन भनिँदै आएको रहेछ तर मैले पहिलो भेटमै परीक्षण गरेर एक बर्षको उपचारपछि सन्तान बस्यो र सफल पनि भयो डा.नूतन भन्नुहुन्छ ।

 

 डा. नूतन भन्नुहुन्छ—‘पाको उमेरमा गर्भवती हुनु र सन्तान जन्माउनु निकै जोखिमपूर्ण मानिन्छ ।’ ‘तर पनि नर्भिक आइभिएफको उच्च जोखिम व्यवस्थापन र उत्कृष्ट उपचार प्रक्रियाबाट सहजै रुपमा आइभिएफ पद्धति मार्फत विमलालाई आमा बनाउन सफल भयौँ, यसमा हामी सबै अत्यन्तै खुसी छौ ।’छोराको वियोगमा छटपटिएको परिवारमा २७ वर्षपछि छोरा नै जन्मिदा खुसीको सीमा नै छैन ।’ यति मात्र नभै मेरो पहिलाको छोराको जन्म दिनकै दिन यो छोरालाई अस्पतालबाट डिस्चार्ज गरेर घर भित्र्याउँदा भवगन नै भित्रिएजस्तो भएको छ –विमलाले भन्नुभयो । उहाँले मेरो जीवनको पहिलो भगवान् भनेको डा.नूतन हुनुहुन्छ र दोस्रो भगवान् यो सन्तान हो ।

हाम्रो अनुरोधलाई डा.नूतनले सुनिदिनुभयो नर्भिक आइभिएफमा उपचारका लागि बोलाउनुभयो । पहिलो प्रयासमै आइभिएफ पद्धतिबाट सन्तान बस्यो । म ५५ वर्ष र श्रीमान् ६८ वर्षको हुनुहुन्छ । यो अवस्थामा सन्तान वियोगले विक्षिप्त भएर छटपटाएका हामीलाई २७ वर्षकी छोरी, डा.नूतन, अस्पताल परिवारले खुसी दिनुभयो हाम्रा लागि सबैभन्दा ठुला भगवान् उहाँहरू नै हो ।
डा.नूतन भन्नुहुन्छ। महिलाको उमेर बढ्दै जाँदा हर्माेनमा आउने परिवर्तन, पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण यति बेला आइभिएफ पद्धतिबाट सन्तान जन्माउनु निकै जोखिम तथा चुनौतीको विषय मानिन्छ तर आधुनिक सुविधा र दक्ष जनशक्तिका कारण सम्भव छ भन्ने कुरामा म ढुक्क थिए र उहाँहरूलाई सबै बुझाएर प्रविधिको सहयोगमा काम गरे सफलता मिल्यो ।

 

उहाँ भन्नुहुन्छ यो नै पहिलो कार्यक्रम नभएको र यसअघि पनि नर्भिक आइभिएफ सेन्टरमा उपचारपछि ५४ वर्षीय काठमाण्डौकी एक महिलाले आइभिएफ पद्धतिबाट जुम्ल्याहा सन्तान जन्माइसक्नुभएको थियो ।  तर ‘बढी उमेर समूहका महिलालाई परामर्शदेखि नै उच्च जोखिम समूहमा राखेर कुरा गर्छौ र परिवारको स्वीकृति लिएर मात्र उपचार गर्छौ ।’ त्यसैले यो सफलताले सन्तानको चाहना राख्ने महिलाका लागि उमेर बाधक हुँदैन, धैर्यता र प्रयास जारी राख्नुपर्छ भन्ने सन्देश दिन्छ ।

हामीले सन्तान प्राप्तिको चाहना भएका महिला पुरुषलाई समयमै चिकित्सकसँग सल्लाह गरी शारीरिक परीक्षण गर्नुहुन सल्लाह दिन्छौ डा.नूतन भन्नुहुन्छ । यो जनचेतनासँग पनि जोडिएको विषय भएकाले विश्व सामु भित्रिएका विज्ञान प्रविधिको सही सदुपयोग गर्न सके दुःख बिर्साएर खुसी दिन सकिन्छ भन्ने महत्त्वपूर्ण सन्देश दिन्छ भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्