घरमा आगलागी हुँदा एकको मृत्यु

0
Shares

भक्तपुर ।

भक्तपुरमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान मध्यपुर थिमि–६ राईटोलको एक घरमा आगोलागी हुँदा स्थानीय आत्माराम केसीको २५ वर्षिया छोरी अस्मिता केसीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, आगोलागीबाट घाईते भएकी हरिशरण केसीकी १४ वर्षिया छोरी नित्मा केसीको कोरिया मैत्री अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । आगोलागीबाट स्थानीय आत्माराम र हरिशरण केसीको घरमा क्षति पुगेको छ ।

आगलागी भएको खबर प्राप्त हुनेबित्तिकै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुबाट २ वटा दमकल पुगेर करिव एक घण्टामा आगो नियन्त्रणमा लिएका थिए । आगोलगीको कारण र क्षति यकिन बिवरण आइनसकेको प्रहरीले जनाएको छ ।